धवलागिरि बचत तथा ऋण सहकारी संस्थाको २० औं साधारणसभा आइतबार सम्पन्न भएको छ ।
काठमाडौंस्थित बागबजारमा भएको २० औं साधारणसभामा संस्थाका अध्यक्ष राधेश्याम कमारोले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेस गरे । साथै साधारणसभाले युक्तप्रसाद शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनले सहकारीले गर्दा आपसी विश्वास बढ्ने हुँदा त्यसले आर्थिक समृद्धितर्फ डोहोर्याउने बताए ।
संस्थाको ४० करोडभन्दा बढी नगद तथा बैंक मौज्दात छ । कार्यक्रम धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधेश्याम कमारोको सभापतित्वमा सम्पन्न भएको थियो । धवलागिरि सहकारीको स्थापना २०५२ सालमा भएको हो ।
हेर्नुहोस् तस्वीरहरू






















































































































































































































