रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली युवाको सहयोगमा बागलुङस्थित मानव सेव आश्रममा ब्ल्यांकेट वितरण गरिएको छ । जाडोमा आश्रितहरूलाई न्यानो बनाइदिन १३ थान ब्ल्यांकेट वितरण गरिएको हो । त्यस्तै बानपा–४ स्थित रामानुज आश्रममा रहेका ज्येष्ठ नागरिकलाई सात थान ब्ल्यांकेट उपलब्ध गराइएको छ ।
ब्ल्यांकेट वितरण गर्न आयोजित कार्यक्रममा ‘न्यानो बाँड्ने प्रयास’का अभियन्ता सुमन केसी, पत्रकार सुवास गौतमलगायतले सेवा गर्न साँच्चिकै मानवीय भावना हुनुपर्ने बताए । विदेशमा रोजगारीमा रहेकाहरूले पसिना बगाएर कमाएको पैसाबाट असहायलाई सघाउनु सकारात्मक कदम भएको उनीहरूको धारणा थियो । कार्यक्रम मानव सेवा आश्रमकी अभियन्ता सुमीरा लामाको अध्यक्षता, विपना लामाको स्वागत र पत्रकार राजेशचन्द्र राजभण्डारीको सञ्चालनमा भएको थियो ।
त्यस्तै आश्रमलाई बागलुङ नगरपालिका–६ निवासी राधिका केसीले आमाको पुण्यतिथिको अवसर पारेर ४ हजार रुपैयाँ सहयोग गरिन् । आश्रममा रहेका ५० जनालाई एक छाक खाजा खुवाउन सहयोग उनले बताइन् ।



















































































































































































































