१४ कार्तिक २०८३, शुक्रबार

 

वडाध्यक्षको निधन

सप्तरीको सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष मुक्ति कार्कीको निधन भएको छ । कार्कीको ५५ वर्षीय कार्कीको आइतबार राति निधन भएको हो ।

कार्कीको निधनप्रति शोक मनाउन सोमबार नगरपालिका र मातहतका कार्यालयमा विदा गरिएको मेयर मुक्तीनाथ चौधरीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट कार्की वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्कीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung