जिल्ला अदालत चितवनले पत्रकार रवि लामिछानेलाई सफाइ दिएको छ । न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई आइतबार सफाइ दिइको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए ।



















































































































































































































