१५ कार्तिक २०८३, शनिबार

 

निसासिएर ८ भारतीय पर्यटकको मृत्यु

मकवानपुरको सिमभन्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि पुगेका ८ पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरू सबै जना भारतीय रहेकाे खुले पनि सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा चार पुरुष र चार महिला छन् ।

राति सुतेका पर्यटक बिहान अचेत अवस्थामा भेटिएपछि रिसाेर्टका कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै प्रहरीले आठै जनालाई कैलाश एयरको हेलिकोप्टरमार्फत राजधानीकाे ह्याम्स अस्पताल ल्याएकाेमा उपचारकै क्रममा मृत्यु भएकाे हाे ।

उनीहरू काेठाकाे झ्याल, ढोका पूरै बन्द गरी हिटर चलाएर सुतेकाले  निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीकाे अनुमान छ । आठै शव  पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । भारतको केरलाबाट १५ जना पर्यटककाे टाेली नेपाल घुम्न आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung