१५ कार्तिक २०८३, शनिबार

 

तीर्थयात्री बोकेको मिनी ट्रक दुर्घटना : ६ को मृत्यु, २० घाइते

धादिङको नीलकण्ठ नगरपालिका–८ मा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग१ख ८०१२ नम्बरको मिनीट्रक सडकमै पल्टिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुर्घटना दिउँसो ३ः५० बजे भएको र २० तीर्थयात्री गम्भीर घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा प्रहरी परिचालन भइसकेका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई काठमाडौं ल्याउन हेलिकोप्टर मगाइसकेको उनले बताए ।

मिनीट्रक ज्वालामुखी गाउँपालिका–४ बाट धादिङबेसी फर्किँदै गरेको बताइएको छ । गाडीमा करिब ४० यात्रु सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung