कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा ट्रिपरले एक किशोरीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
बिहीवार अपराह्न महेन्द्रनगरको बसपार्क गेट नजिकै से१क ८८७ नम्बरको ट्रिपरले ठक्कर दिँदा किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका एसपी मुकुन्द मरासैनीका अनुसार मृतक किशोरीको सनाखत हुन सकेको छैन । दुर्घटनापछि महेन्द्रनगर तनावग्रस्त बनेको छ ।
घटनास्थलमा भीड बढ्दै गइरहेकाले प्रहरी सुरक्षामा खटिएको एसपी मरासैनीले बताए । घटनास्थल र ट्रिपरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।



















































































































































































































