गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ परेका छन् । सिरहाको मिर्चौयास्थित स्वस्तिक पाठशालाका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाठशालाका शिक्षक ताराबहादुर कार्की रहेका छन् । उनले सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरी हात भाँचिदिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।



















































































































































































































