१४ कार्तिक २०८३, शुक्रबार

 

राजदूतावास नजिकै आगलागी

फाइल तस्बिर

बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आइतबार बिहान आगलागी भएको छ ।

कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनले भने– ‘हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो । काठमाडौं उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।’
आगालागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung