७ कार्तिक २०८३, शुक्रबार

 

सिवाइसी र दिदीबहिनी सहकारी एक हुने

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र गलकोटमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने भएको छ ।

गलकोटमा शनिबार आयोजित एकीकृत साधारणसभाले यस्तो निर्णय लिएको हो ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक तथा सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारीले ग्रामीण अर्थतन्त्रलाई चलायमान् बनाएको बताए । सहकारी नभएको भए ग्रामीण जनताको वित्तीय पहुँच अहिलेजस्तो नहुने भन्दै उनले सहकारीले गरिबी उन्मूलनमा ठूलो योगदान दिएको धारणा राखे ।

दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला दर्जीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिवाइसी साकोस गलकोट सदस्य सेवा केन्द्रकी सहसंयोजक सरस्वती कार्की, सचिव खिमबहादुर सहानी, कोषाध्यक्ष लक्ष्मी खड्का, सेयर सदस्य निसा श्रीसलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाका अवसरमा सहकारीकी प्रबन्धक सुनीता बोहोराले ४ सय ४७ सेयर सदस्य, २ सय १२ जना बालबचतकर्ता र १ करोड ७ लाख ८२ हजार ४ सय ३६ बराबरको कुल सम्पत्ति रहेको जानकारी दिइन् । सहकारीले गत आर्थिक वर्षमा ११ जनालाई सुत्केरी राहत र ३ जनालाई मृत्यु राहत रकम प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung