१४ कार्तिक २०८३, शुक्रबार

 

ड्युटीमा रहेका प्रहरी जवानले आफूमाथि नै गोली चलाएपछि…

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर राय बिहीबार बिहान गोली लागेर घाइते भएका छन् ।

बिहान साढे सात बजेतिर ड्युटी (सेन्ट्री)मा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको उनले बताए ।

प्रहरी उपरीक्षक (एसपी) रन्जु सिग्देलले पनि घाइते प्रहरी जवान बोल्न सक्ने अवस्थामा रहेको र सोध्दा आफैले गोली हानेको बताएको जानकारी दिइन् ।

जवानले आफैलाई किन गोली हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung