सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको संसद् बैठकमा बलात्कार प्रयासको अभियोगमा जेल सजाय काटेका पूर्वसभामुख कृष्णबहादुर महराले फागुन ५ गते काठमाडाैं जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् । बानेश्वर प्रहरी वृत्तले पठाएको पत्र सापकोटाले संसद्मा पढेर सुनाएका थिए ।
पूर्वसभामुख महरा गत असोज १२ गते सभामुख रहेकै अवस्थामा संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडाैंले सोमबार सफाइ दिएको हो । महराले संसद्मा आफूले सफाइ पाएको आधिकारिक जानकारी पुग्नासाथ संसद् बैठकमा उपस्थित हुने जानकारी गराएका थिए ।



















































































































































































































