३० बैशाख २०८१, आईतवार

 

सुनको मूल्य एकै दिन २२ सयले बढ्यो

सुनको मूल्यले बुधबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर  ८० हजार ५ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्