४ श्रावण २०८३, सोमबार

 

सेन्चुरी बैंकका ग्राहकले मोटरसाइकल मर्मत गर्दा छुट पाउने

सेन्चुरी बैंकका ग्राहकले शिव शक्ति अटोमोबाइलमाबाट ‘बजाज’ मोटरसाइकलका पार्ट्स र मर्मतमा  ५ देखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

शुक्रबार बैंकका शाखा प्रबन्धक दीपक शर्मा र अटो मोबाइलका सञ्चालक शिव शाहबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको अटोमोबाइलले बजाज मोटरसाइकल, पार्ट्स र मर्मतमा गुणस्तरीय सेवा दिएका कारण धेरै ग्राहकको रोजाइमा परेको छ ।

हामीले सेन्चुरी बैंकको अनुरोधलाई स्वीकार गर्दै बैंकका ग्राहकलाई सहज ढंगले आधुनिक सेवा दिनुका साथै पार्ट्स र मर्मतमा थप छुटको व्यवस्थासमेत गरेको सञ्चालक शाहले नयाँ विश्वलाई बताए ।

यस्तै, बैंकका ग्राहकका लागि यूमी किचेन हाउसमा पनि छुट हुने भएको छ । बैंकका अनुसार यूमी किचेन हाउसमा ग्राहकका लागि १० प्रतिशतसम्म छुटको हुनेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung