२९ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य ७६ हजार ५ सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजारले वृद्धि भएर ७६ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।
सुनको मूल्यमा वृद्धि हुँदा बुधबार चाँदीको मूल्य भने स्थीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्