१५ कार्तिक २०८३, शनिबार

 

दिल्लीमा हजाराैं नेपाली अलपत्र

काेराेना भाइरसका कारण भारतमा यातायात सेवा बन्द भैरहँदा  विभिन्न समयमा रोजगारीका लागि भारतका पुगेका सयौं नेपाली घर फर्किने क्रममा राजधानी दिल्लीमा अलपत्र परेका छन् । उनीहरुका लागि दिल्लीस्थित नेपाली दूतावासले उनीहरुलाई कुनै प्रवन्ध गर्न सकेको छैन् ।

कोरोना संक्रमणका कारण भारतका विभिन्न राज्य लक डाउन भईसकेका छन् । नेपालले पनि भारत र चीन तर्फका नाका बन्द गरिसकेको छ । दूतावासले उनीहरूलाइ जुन ठाउँमा हुनुहुन्छ, त्यहीँ सुरक्षित बस्न भनेकाे छ । दूतावासले अन्य प्रकारकाे कुनै सहयाेग उपलब्ध गराउन सकेकाे छैन् । उनीहरु फर्किने क्रममा दिल्लीमा अलपत्र परेका हुन् । उनीहरूकाे गनतब्य अनिश्चित हुन पुगेकाे छ ।

भारतमा विभिन्न ट्राभल एजेन्सीले यातायातको प्रवन्ध गरेर नेपाल पु¥याउने बताए पनि सरकारले यातायात बन्द गरेकोले संभव हुन सकेको छैन् । विपत्को बेलामा पैसा कमाउने होडमा केही ट्राभलका एजेन्टहरुले नेपाली समुदायलाई नै आतंकित बनाएको जानकारी हुन आएको छ । त्यसैले बीच बाटोमा अलपत्र पार्नु भन्दा जहाँ छौं, त्यहीँ बस्नु भनिएको छ । दूतावासले सावधान रहन भनेको दिल्ल्ीबाट पत्रकार अर्जन खनालले जानकारी गराएका छन् । दिल्लीस्थित नेपाली दुतावास केही फोन नम्बर उपलब्ध गराएपनि अन्य प्रवन्ध गर्न सकेको छैन् । तर  दूतावासले सम्पर्कका लागि +91-1123476200,+91-1123327361 नम्बर उपलब्ध गराएकाे छ ।

पत्रकार खनालका अनुसार भारत आनन्द बिहार दिल्लीस्थित अन्तराष्ट्रिय बस पार्कमा करिब १५० नेपाली अलपत्र छन् । बैंगलोरबाट नेपालको मेहेन्द्रनगर  पुग्न हिँडेका उनीहरु भारतले गरेकाे लक डाउनका कारण अलपत्र परेका हुन् ।

अलपत्र परेका अधिकांश यात्रुहरु सुदूपश्चिमका रहेको पत्रकारले जानकारी गराए । दिल्लीमा रहेका सुदुर पश्चिमेली समाज त्यहाँका राजनैतिक दालका साथीहरु बुद्धिजीवी आदिले उनीहरुलाई समवन्य गरे पनि अलपत्र अवस्थामा उचित प्रवन्ध हुन सकेको छैन् । उनीहरु जेनतेन नेपाल कोर्डरसम्म आइपुगे उनीहरुलाई नेपाल सरकारले क्वारेन्टाइनमा कहाँ राख्ने भन्ने समस्या छ । नेपालले पनि सोमबारबाट यातायात बन्द गरेको छ । उनीहरु नेपाली भित्रिए पनि थप समस्या हुने देखिएको पत्रकार खनालले बताए ।

तस्बीर ः  अजर्नु खनाल ÷ दिल्ली

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung