१५ कार्तिक २०८३, शनिबार

 

अब मृत्यु संस्कारमा जानेलाई मात्र सवारी पास

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ । परिवार सदस्यको मृत्यु संस्कारमा जानेबाहेक अन्य प्रयोजनका लागि सवारी पास नदिइने भएको छ ।

लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लाग्ने गरेका थिए । लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकाले आजैदेखि अन्य प्रयोजनका पास बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung