
झापामा एक जनामा कोरोना संक्र्रमण देखिएको छ । शुक्रबार ६२ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ । कोरोनाको उपचार गरेर १० जना निको भएर घर फर्किएका छन् ।