
मानव सेवा आश्रमलाई व्यवसायी तथा समाजसेवी सहदेव राजभण्डारीले खाद्यान्न सहयोग गरेका छन । लकडाउनको बेला मानव सेवा आश्रममा आश्रय लिएर बसेकाहरुलाई सहयोग पुगोस भनेर व्यवसायी तथा समाजसेवी राजभण्डारीले खाद्यान्न उपलब्ध गराएको नयाँ विश्वलाई बताए ।
बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रममा ४४ जना बेसहाराहरुले आश्रय लिएर बसेका आश्रमकी संचालिका सुमिरा लामाले जानकारी दिइन ।
यस अधि १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बागलुङ नगरपालिका १ बोटेगाउँका माझी परिवारलाई राजभण्डारीले ५० हजारको खाद्यान्न सहयोग गरेका थिए ।
बागलुङ उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष राजभण्डारीले आफ्ना बुवाआमाको सम्झनामा स्थापना गरेको टीकाबहादुर ,विद्यालक्ष्मी राजभण्डारी स्मृतिकोषबाट उनीहरूमाझ राहत पुर्याएका हुन् ।