७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ नगरको कोरोना कोषलाई सीवाईसी सहकारी लगायत तीन संस्थाले दिए ६० हजार

बागलुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।

चारतारे युवा क्लब, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र सीवाईसी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाको राहत कोषमा संयुक्त रूपमा ६० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

चारतारे युवा क्लब नेपालले १० हजार, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले २५ हजार र सीवाईसी साकोसले २५ हजार जम्मा गरी संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

संस्थाहरूका तर्फबाट अध्यक्ष चण्डीप्रसाद शर्माले बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

संस्थाहरूले समुदायप्रतिको उत्तरदायित्वलाई ध्यानमा राखी सहयोग गरेको अध्यक्ष शर्माले बताए ।हामीले लकडाउनले संकटमा परेका नागरिकहरुलाई तत्काल सहयोग पुगोस भनेर नगरपालिकालाई यो सहयोग उपलब्ध गराएको हु शर्माले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung