घाँस काट्ने क्रममा रूखबाट खसेर बागलुङको ताराखोलामा आज एक जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ का अन्दाजी ३० वर्षीय धनबहादुर घर्तीको रूखबाट खसेर मृत्यु भएको स्थानीय पत्रकार महेन्द्र घर्ती ‘संगम’ ले जानकारी दिए ।
ताराखोला गाउँपालिका–५ कै छेल्दरको भीरमा रूख चढेर घाँस काट्ने क्रममा उनी खसेका थिए । घटनास्थलमै उनको मृत्यु भएको घर्तीले बताए ।
उनीसँगै घाँस लिन गएका बालबालिकाले खबर गरेपछि गाउँपालिका अध्यक्ष र प्रहरीसहितको टोली घटनास्थलतर्फ लागेको थियो ।



















































































































































































































