काठेखोला गाउँपालिका–१ पाला घर भई हाल हङकङ बस्ने गरेका केशवबहादुर कार्की र उनकी पत्नी पार्वतीले बागलुङस्थित मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । उनीहरूले १० हजारबराबरको खाद्यान्न उपलब्ध गराएका हुन् ।
कार्की परिवारले पठाएको खाद्यान्न स्थानीय संयोजनकर्ता कमला श्रेष्ठले आश्रमका सल्लाहकार निर्मलबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा आश्रमकी सञ्चालिका सुमीरा लामा, सल्लाहकार निर्मलबहादुर श्रेष्ठ र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४४ जना बेसहारा नागरिकले आश्रय पाएका छन् । अहिले आश्रमको मासिक खर्च एक लाखभन्दा बढी रहेको सञ्चालिका लामाले बताइन् ।आश्रममा बागलुङ ,म्याग्दी ,मुस्ताड ,चितवन ,हटौडा ,काठमाडौं गरी ६ जिल्लाका बेसहारा नागरिकहरुले आश्रय लिएका छन ।



















































































































































































































