३ श्रावण २०८३, आईतवार

 

इप्पानको नेतृत्वका लागि आचार्यको उम्मेदवारी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको अध्यक्ष पदमा कृष्णप्रसाद आचार्य र सूर्यप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। असार १५ गते इप्पानको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदै छ।

अध्यक्षका उम्मेदवार आचार्य विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष हुन् भने अधिकारी बराही हाइड्रोपावर कम्पनीका अध्यक्ष हुन् । उपाध्यक्ष र सचिवमा भने ६,६ जनाले उमेदवारी दर्ता गराएका छन्।

उपाध्यक्ष र सचिवमा ३,३ जना निर्वाचित हुने व्यवस्था छ। उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष कुमार पाण्डेसहित वर्तमान महासचिव आशिष गर्ग, गणेश कार्की, बलराम खतिवडा, भरतबहादुर खत्री र उत्तम भ्लोन लामाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसै गरी महासचिवमा गोरे शेर्पा र मोहनकुमार डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। सचिवमा भरत लामिछाने थापा, प्रकाश दुलाल, रामप्रसाद आचार्य, आनन्द चौधरी, हिमप्रसाद पाठक र सुमनकुमारी जोशीले उम्मेदवारी दर्ता गराएका छन्। कोषाध्यक्षमा भने सुधीरप्रसाद तिमिल्सिना र मिथुन पौडेलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung