
आज बसेको मन्त्री परिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षक पदमा (आइजिपी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । पार्टीको शक्ती संर्घषमा रहेको सरकारले मंगलबार साँझ क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हो ।
उनले आगामी दुई वर्ष संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।
क्षेत्रीसँग लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरेको अनुभव छ । उनले प्रहरी जिल्ला प्रमुख रहेर समेत विभिन्न जिल्लामा कमाण्ड सम्हालेको अनुभव छ ।