१ जेष्ठ २०८२, बिहीबार

 

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा, चौध जिल्लामा कतै आंशिक निषेधाज्ञा

कोभिड–१९ संक्रमण रोक्न देशका १४ जिल्लामा यति बेला निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएको छ।सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा छ ।

पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म लागू हुनेछ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ। नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरीडाँडा, हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ।

मोरङको विराटनगर महानगरपालिकामा ३० गतेसम्म, महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आज साँझसम्म निषेधाज्ञा रहनेछ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा भोलिसम्मका लागि निषेधाज्ञा गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ।

बझाङको थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा छ। दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung