६ जेष्ठ २०८१, आईतवार

 

सिन्धुपाल्चोक पहिरो : चार शव निकालिए, ३३ बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ। घटनास्थल पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ। तीमध्ये ५ जनाको उद्धार गरिएको छ।

उपाचारका लागि ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। घाइते हुनेहरूमा नौ वर्षीय रूपबहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्।

उनीहरूलाई चौतारामा लगिएको छ। यसै गरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। पहिरोले ३७ घर पुरिएका छन्। प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्