बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा विषादी साग खाँदा एकै परिवारका चार जना विरामी परेका छन् ।आज विहान जरिङ्गो नामक साग खादा काठेखोला–५ विहुँ रिजालचोकका ७१ बर्षिय देउरुपा कंडेल, उनको छोरा ३९ बर्षिय छोरा चुडामणि कंडेल, बुहारी ३७ बर्षिय चिजा कंडेल र १७ बर्षिय नाती सन्तोष कंडेल विरामी भएका हुन् ।
विहान छिमेकीले जरिङ्गो साग भन्दै दिएको साग पकाएर खादा विहोस भएको विरामीका दाजु गणेशप्रसाद कंडेलले जानकारी दिए ।
पहिले पनि करेशा बारीमा उक्त साग उत्पादन गरेर खाने गरेको कंडेलले वताए ।
विहान १० बजे खाना खाएका भाईले विहान ११ बजेतिर रिङ्गाटा लाग्यो भनेको र केहि समयपछि सवै विहोस् भएको बताए । विरामी मध्य ३७ वर्षिय चिज कडेल सामान्य होसमा रहेपनी अरु वेहोस अवस्थामा रहेको जनाईएको छ ।
विरामीहरुलाई धौलागिरी अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि थप उपचारको लागी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले वताए ।



















































































































































































































