१५ कार्तिक २०८३, शनिबार

 

सामाजिक संजाल दुरुपयोगको आरोपमा एफएमको प्राविधिक ढकाललाई सोधपुछ

सामाजिक संजाल दूरुपयोग गरेको आरोपमा बागलुङ एफएमका प्राविधिकलाई जिल्ला प्रशासन कार्यालय बागलुङले सोधपुछ गरेको छ ।
एफएममा कार्यरत प्राविधिक राजेन्द्र ढकाललाई प्रशासनले कार्यालयमा बोलाएर शुक्रबार प्रारम्भिक बयान लिएको हो ।

बयानका क्रममा उनले सामाजिक संजालमा लेख्ने बिषयमा थाहा नपाएकोले गल्ती भएको भन्दै माफी मागेका थिए । ढकालले प्रशासन, प्रहरी र सेवामा खटिने कर्मचारीलाई लक्षित गरेर केही दिनदेखि अनर्गल सामाग्री लेखेको आरोप लगाईको हो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले सामाजिक संजाल दुरुपयोग गरेकोले पक्राउ गरेर बयान लिएको बताए ।

‘शुक्रवार प्रारम्भिक बयान लिएका छौं, आइतवार दोश्रोपटक बेलाइएको छ’ पन्तले भने,‘गल्ती महसुस गरेर माफी मागेमा साधारण तारेखमा छाड्न पनि सकिन्छ ।’ गल्ती महसुस नभएमा साइबर क्राइम कानून अनुसार ६ महिनासम्म जेल सजायपनि हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung