१५ कार्तिक २०८३, शनिबार

 

ढोरपाटनका बाढीपीडितलाई सहयोग गर्न कांग्रेस नेता श्रेष्ठको अपिल

ढोरपाटन बाढीपीडितको लागि सबै राहत र पूर्णस्थापनामा जुट्न नेपाली काँग्रेस वित्त तथा सहकारी विभागका केन्द्रीय सदस्य कृष्णशंकर श्रेष्ठले आग्रह गरेका छन ।

वित्त तथा सहकारी विभागका केन्द्रीय सदस्य श्रेष्ठले ढोरपाटनको बाढीपीडितहरु अत्यन्त संकटमा रहेको र बाटो अवरुद्ध भएकोले पीडितहरुकहाँ आवश्यक राहत पुग्न नसकेकोेले त्यसको व्यवस्था मिलाउन सरोकारवालाहरुलाई अपिल गरेका छन ।

श्रेष्ठ नेपाल रेडक्रस सोसाइटीको टोली र जनप्रतिनिधिसँग घटनास्थलसम्म पुगेर फर्किएका थिए । त्यहाँको अवस्था ह्रदय विदारक र दर्दनाक भएकोले सबै राहतमा जुट्न आग्रह गरेका छन ।

श्रेष्ठले बागलुङका बैंक सहकारी लगाएतको वित्तिय संस्थाहरु र सबै समाजसेवीहरुलाई आर्थिक, भौतिक सहयोगका लागि अपिल गरेका छन् ।भदौ १७ गते राती ढोरपाटन नगरपालिका ५, ६, ७, ८ र ९ मा भूँजीखोलामा आएको बाढीले १७ जनाको मृत्यु, २१ जना वेपत्ता र ८० घर बगाएको छ । वेपत्ताहरुको खोजी कार्यमा सबैले सहयोग गर्न श्रेष्ठले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung