१५ कार्तिक २०८३, शनिबार

 

सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा चन्द्रकान्त पौडेल पक्राउ

सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा चन्द्रकान्त पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीका पौडेललाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालको कमान्डमा गएको टोलीले बुधबार पक्राउ गरेको हो ।

पौडेलले लामो समयदेखि स्वामी कमलनयनाचार्य, स्वामी ऋषि, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष एवं एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका जिल्ला संवाददाता सुवास आचार्य, ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरे, बागलुङ शाखाका अध्यक्ष दिल शिरीष,अधिवक्ता राम शर्मा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख शारदाप्रसाद चौधरी ,नेपाल सरकारका विरुद्धमा सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।

पौडेलले बागलुङका तीन पत्रकारको चरित्र–हत्या गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले सोमबार र महासंघको बागलुङ शाखाले आइतबार आपत्ति जनाएका थिए ।

महासंघ सचिव रमेश विष्ट र बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जारी गरेको विज्ञप्तिमा पत्रकारको सामाजिक र पेसागत प्रतिष्ठामा आघात पु¥याएको पौडेललाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung