सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ढोरपाटनका बाढीपिडितलाई सहयोग गरेको छ । बिहीबार नेकपा बागलङले ढोरपाटन–८ र ९ का बाढीपिडितलाई राहत स्वरुप १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ रकम ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
राहत रकम हस्तान्तरण गर्दै नेकपा बागलुका अध्यक्ष इन्द्रलाल सापकोटाले बाढीपीडितको लागि नेकपासँधै सँगै रहेको बताएका छन् । बाढीबाट आफ्न्त गुमाएकाहरुलागि आवासको व्यवस्था र पीडितका लागि आवश्यक राहतका लागि नेकपा साथमा रहेको दोहोरँउका हुन् ।
नेकपा बागलुकाले विभिन्न पालिकामा अभियान चलाएर जम्मा गरेको रकम एकमुस्ट ढोरपाटन पालिकाको नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरेको छ ।
जस्मध्ये नेकपा बागलुङ नगरकमिटीले १ लाख ५० हजार, काठेखोला नगरकमिटीले १ लाख ६१ ह्जार १ सय, जैमिनी नगरकमिटिले ३० हजार, बरेङ गाउँकमिटि २५ हजार, ताराखोला गाउँकमिटीले २५ हजार, गलकोट नगरकमिटीले ३ लाख ९२ हजार १ सय ७६ रुपैयाँ, बडिगाड गाउँकमिटीले ४ हजार ५ सय ७५, ढोरपाटन नगरकमिटीले ४ लाख ४३ हजार ७ सय, तमानखोला गाउँकमिटीले २० हजार,
निसीखोला गाउँकमिटीले २० हजार, अखिल नेपाल महिला संघ बागलुङले ८२ हजार १ सय ८५, युवा विद्यार्थीले २ लाख २३ हजार ५ सय, प्रध्यापक कर्मचारी धौलागिरि क्याम्पस २६ हजार ५ सय, मुक्ति समाज बागलुङले ५ हजार २०, उद्योग व्यापार संगठन बागलुङले ५० हजार, बागलुङका जिल्ला कार्यालयले २ लाख ८ हजार गरी १९ लाख ५ हजार सात सय ५६ सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे अनिलले जानकारी दिए ।
राहत हस्तान्तरण कार्यक्रममा नेकपा गण्डकी सचिव गोविन्द नेपाली, सघीय सांदस मनकुमारी केसी, बागलुङ इन्चार्ज बलावति शर्मा, प्रदेश सांसद दिपा रोकालगायतका नेताहरुको उपस्थित रहेको थियो ।
यस्तै सोही कार्यक्रममा निजामति कर्मचारी टे्रड युनियनको तर्फबाट २ लाख ५४ हजार ८ सय ६० रुपैयाँ र श्री ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले १० हजार सहयोग रकम ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छ ।



















































































































































































































