आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ कवि फुयाँललाई स्वागतसँगै अभिकर्ताबीच भेटघाट आयोजना गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सले जीवन बिमाको क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्दै बजार रणनीति र अभिकर्ताको भूमिकाबारे प्रकाश पारे ।
कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक तथा गण्डकी प्रदेशप्रमुख सूर्यप्रसाद घिमिरे, सहकारी बैंक सञ्चालक समितिका सदस्य रामबहादुर जीसी, वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, सिनियर एजेन्सी म्यानेजर जीवन काउचा थापा, एजेन्सी म्यानेजर गंगा शर्मा, आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख इन्द्रा शर्मा सापकोटा, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्याक्रममा अभिकर्ताहरूसँग अन्तरक्रिया पनि भएको थियो । आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्याक्रमको स्वागत एजेन्सी म्यानेजर मनीता खड्काले र सञ्चालन आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाका बजार प्रमुख आयुष शर्मा सापकोटाले गरेका थिए ।













































































































































































































