१९ जेष्ठ २०८१, शनिबार

 

संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा ६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संख्या ७० हजार नाघेको छ । शुक्रबार नियमित प्रेस बिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ३ सय १३ जनामा आज संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७० हजार नाघेको बताए ।

१२ हजार २ सय ६२ को पीसीआर गर्दा शुक्रवार १ हजार ३ सय १३ लाई संक्रमण भएको पाइएको छ ।

प्रवक्ता गौतमका अनुसार १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् भने, ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ ।

गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङका ५५ वर्षीय पुरुष र ६० वर्षीया महिला, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंका ७५ वर्षीया महिला र कपिलवस्तुमा ७० वर्षीया महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्