५ जेष्ठ २०८१, शनिबार

 

यी ९ कम्पनीका स्यानिटाइजर विषाक्त, प्रयोग नगर्न अनुरोध

राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाएको भन्दै औषधी व्यवस्था विभागले ९ कम्पनीका स्यानिटाइजर विषाक्त भएको बताएको छ ।

सोमबार सार्वजनिक सूचनानै जारी गरी ती कम्पनीले उत्पादन गर्ने  ह्याण्ड स्यानिटाइजर विषाक्त भएकाे भन्दै प्रयोग नगर्न अनुरोध गरेको छ ।

मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने गरी विषाक्त रसायन मिश्रित ह्याण्ड स्यानिटाईजर उत्पादन गरी बजारमा ल्याएको भन्दै ९ कम्पनीलाई कारवाही गरी उत्पादन बन्द गराएको विभागले जानकारी दिएको छ ।

यस अघि समेत विभागले ४ वटा कम्पनीलाई कारवाही गरी उत्पादन बन्द गरेको थियो ।
यी विषाक्त स्यानिटाइजर उत्पादन गर्ने कम्पनी

प्रतिक्रिया दिनुहोस्