१४ कार्तिक २०८३, शुक्रबार

 

जैमिनीका पहिरामा ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयद्वारा राहत वितरण

जैमिनीका पहिरोपीडितहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत हस्तान्तरण गरेको छ ।सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सांसद डा सूर्य पाठकले मृतकको परिवारहरुलाई राहत वितरण गरेका थिए ।

नगरपालिका–१ कुस्मिसेरा, टुनिबोटका मृतक लक्ष्मी देवी शर्माको छोरा देवराज शर्मालाई २ लाख, मृतक हरि कृष्ण शर्माको श्रीमती टिका कुमारी शर्मालाई २ लाख परिवार र वडा नं ५ बिनामारे, सिम्लेका १ मृतक जापला देवीको छोरा निलकण्ठ शर्मा २ लाख १५ हजार घरको क्षति रकम सहित हस्तान्तरण गरिएको थियो ।

राहत विरतण कार्याक्रममा सांसद डा सूर्य पाठक र प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए । पहिरो प्रभावित परिवारले भोगेको दुख र वेदनालाई देखेर प्रमुख जिल्ला अधिकारी मन्तव्य दिने बेला भावुक भएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जैमिनी नगरपालिका रहेको प्रहरी चौकीहरुको पनि अवलोकन गरेका थिए ।राहत वितरण कार्याक्रमको संचालन जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा विष्णु प्रसाद ढकालले गरेका थिए ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung