५ जेष्ठ २०८१, शनिबार

 

बडिगाडका स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधि अभाव नहुने

बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजना स्वास्थ्यकर्मीबीच वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल ग्वालीचौर खारमा २ दिनसम्म चलेको गोष्ठीमा एक वर्षसम्म गर्ने कार्ययोजनासमेत तयार पारिएको छ । प्रत्येक स्वास्थ्य चौकीबाट दिइने सेवालाई प्रभावकारी बनाउने गरी कार्ययोजना तयार गरिएको स्वास्थ्यकर्मी हेम पुनले जानकारी दिए ।

गोष्ठीले सामुदायिक स्वास्थ्य इकाइमा पर्याप्त भौतिक सामाग्री, स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधि नियमित गर्ने,  भवन पुराना भएका र भवन नभएको स्थानमा नयाँ भवनको लागि प्रक्रिया अगाडि वढाउने, कर्मचारीको पदपूर्ति भइसकेकोले वडा नं. २, खर्वाङ, वडा नं. ६ खाल र वडा नं. १० दर्लिङमा आधारभुत स्वास्थ्य इकाई सञ्चालन गर्ने लगाएतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्