५ जेष्ठ २०८१, शनिबार

 

बागलुङका १० सहित गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण

बागलुङमा १० जनासहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार गरिएको परीक्षणमा बागलुङका १० जना, तनहुँमा ५ जना, नवलपुरका ५ जना, कास्कीका १६, र स्याङ्जामा ३ जना गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार थपिएका संक्रमितसहित गण्डकीमा कोराना संक्रमितको संख्या तीन हजार नौ सय ४० पुगेको छ । दुई हजार सात सय ४४ जना निको भएका छन् ।

प्रदेशमा एक हजार एक सय ६३ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म ७० हजार दुई सय ६४ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणकै कारण प्रदेशमा

३३ जनाले ज्यान गुमाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्