कोरोनाकै बीच ज्येष्ठ नागरिक संघ बागलुङको आयोजनामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । त्यस क्रममा संघले अन्तरक्रिया आयोजना ग¥यो ।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ आचार्यले ज्येष्ठ नागरिकलाई सरकार र राज्यले अहिले पनि हेर्ने दृष्टिकोण फराकिलो नभएकाले ज्येष्ठ नागरिकका लागि राज्य र समाज जिम्मेवार बन्न जरुरी रहेको बताए । ‘ज्येष्ठ नागरिकका इच्छा–आकांक्षा धेरै छन्, तिनलाई बुझ्न जरुरी छ,’ उनले भने ।
कार्यक्रममा ज्येष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारी, उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठ,वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मालगायत वक्ताहरूले ज्येष्ठ नागरिकका समस्या के–कस्ता छन्, तिनलाई समाधान गर्ने नीति बनाउँदै जानुपर्ने बताए । यसका लागि सबै पक्ष सजग भएर लाग्नुपर्नेमा उनीहरूले जोड दिए । कार्यक्रमको सञ्चालन सचिव हरि सुवेदीले गरेका थिए ।



















































































































































































































