१५ कार्तिक २०८३, शनिबार

 

यातायात व्यवस्था कार्यालय बन्द, लाइसेन्स वितरण र नविकरण रोकियो

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङको सेवा बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि कार्यालयको सेवा शुक्रबारदेखि स्थगन गरिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिनौंसम्म बन्द भएर खुलेको यातायात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि फेरि बन्द भएको कार्यालयले जनाएको छ।

कार्यालयले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरेको हो । कार्यालयले एक दिनमा दुई सय स्मार्ट लाइसेन्स र एक सय लाइसेन्स नविकरणको सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung