जिल्ला प्रशासन कार्यालय बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौडेल आएका छन् । उनी यसअघि रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी थिए ।
पौडेल आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले दुई वर्षपछि सहायक प्रजिअ पाएको छ । तत्कालीन सहायक प्रजिअ नारायण पाण्डेयको सरुवा भएर गएपछि उक्त पद खाली थियो ।
Chat Conversation End



















































































































































































































