रिलायबल लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बे्रेन ट्युमरबाट पीडित एक व्यक्तिलाई घातक रोग उपचार बिमा सहयोग हस्तान्तरण गरेको छ । गोरखाको गण्डकी गाउँपालिका घर भई बागलुङ बजारमा व्यवसाय गर्दै आएका कमल थापामगरलाई बुधबार संस्थाले दुई लाख रुपैयाँ उपलब्ध गराएको हो ।
उक्त रकम बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बास्कोटाले मगरलाई हस्तान्तरण गरिन् । उनले घातक रोग बिमा सहयोगबारे आफूले पहिलोपटक थाहा पाएको भन्दै यसलाई प्रचारप्रसार गर्नुपर्ने बताइन् । जीवन बिमा गर्नु भनेको अप्ठ्यारो पर्दाका लागि बचत गर्नु भएकाले विद्यालय तहबाटै यसको जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
मगरलाई उनको बिमा बाँकी रहने गरी सहयोग प्रदान गरिएको रिलायबल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक नारायण पौडेलले बताए । मगरले बिमाबापतको एक किस्ता रकम मात्रै जम्मा गराएका छन् । मगरको बिमा निरन्तर रहने र अवधि पूरा भएको दिन अरूले जत्तिकै पूरा रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।













































































































































































































