३ जेष्ठ २०८२, शनिबार

 

सितोरियो कराते बागलुङ नगर कमिटीको अध्यक्षमा बोसेल

बागलुङ नगरक्षेत्रका कराते खेलाडीहरूको भेलाले बुधबार सुरज बोसेलको अध्यक्षतामा सितोरियो कराते बागलुङ नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा धु्रव खड्का, सचिवमा महेन्द्र जीसी र कोषाध्यक्षमा पुष्पा क्षत्री छन् ।

कमिटीको सदस्यमा मोहनकुमार थापा, राजकुमार बोसेल, सञ्जल श्रेष्ठ, कपिल रोका र एलिसा थापा रहेका छन् । भेलाले दुर्गाबहादुर खत्री, कमल खड्का, कृष्ण कार्की, अर्जुन खड्का, राजन पाइजा र सम्पूर्ण श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा अध्यक्ष बोसेलले कराते खेलको विकास र प्रवर्धनका लागि स्थानीय तहसँग समन्वय गर्ने बताए । सोही अवसरमा करातेका सहायक प्रशिक्षक धनदास महर्जनलाई बिदाइ गरिएको थियो । त्यस क्रममा उनलाई संघले बागलुङ कालिका मन्दिरको मायाको चिनो उपहार दियो । महर्जनले खेल, खेलाडी तथा सरोकारवाला संस्थासँगको मधुर सम्बन्धले बागलुङ बसाइको २७ वर्ष सुखद रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung