१५ कार्तिक २०८३, शनिबार

 

अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी सडक १२ दिनपछि खुल्यो

कालिगण्डकी करिडोर अन्र्तगत गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड १२ दिनपछि सुचारु भएको छ । रुरु गाउँपालिकाको– १ स्थित विष्णु पञ्जरमा गत असोज ११ गते झरेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मी र रुरुक्षेत्र गाउँपालिकाको पहलमा ३ दिनसम्म डोजरको सहायताले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

सडक अवरुद्ध हुँंदा सवारी आवागमन तथा ढुवानीका साधनहरु सञ्चालनमा कठिनाइ भएको थियो । जिल्लाकै अति व्यस्त मानिने उक्त सडकखण्ड भएर वामीटक्सार, शान्तिपुर तथा बागलुङको ढोरपाटन, बुर्तिबाङलगायतका ठाउँहरुमा खाद्यान्न ढुवानीे तथा यात्रुहरुको आवागमन हुने गरेको छ ।

लामो समयसम्म सडक सञ्चालन नभएपछि ठूला सवारी तथा ढुवानीका साधनहरु मुसिकोट तथा तम्घास लगायतका वैकल्पिक सडककोे प्रयोग गरी सञ्चालन आएका थिए । साना सवारी साधनहरु याडुंग, बेसीचौर, जौखोला, रातामाटाकको वाइपासको प्रयोग गरी सञ्चालन भएका थिए ।

पहिरो धेरैमाथिबाट गएको, सडकको धेरैक्षेत्र पुरेको र निरन्तर सुख्खा पहिरो गइरहेको कारण डोजर लगाउन पनि जोखिमको अवस्था रहेको थियो । २ वटा एक्साभेटरको प्रयोग गरी पहिरो हटाइएको छ । रिडी रुद्रवेणी सडकखण्ड सञ्चालनमा आएसँगैं उक्त क्षेत्र भएर चल्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् । जिल्ला प्रशाशन कार्यालय गुल्मीले लामो पहिरो रहेको र सुख्खा पहिरो गइरहेकाले उक्त सडक भएर चल्ने सवारी साधनलाई सावधानी पूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung