१५ कार्तिक २०८३, शनिबार

 

सिडिओसहित ६ जनालाई कोरोना, ७ दिन प्रशासन बन्द

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित कार्यालयका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्टअनुसार सिडिओ पौडेल, उनका सुरक्षागार्ड, प्रशासकीय अधिकृत, राहदानी फाँटकी एक महिलासहित ६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रशासन कार्यालयका एक जना नायब सुब्बाको रिपोर्ट पोजेटिभ आएपछि गएको बिहीबार जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारी तथा थुनुवाहरु गरी ७१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

थुनुवाको भने रिपोर्ट आउन भने बाँकी छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादवले आज दिउँसो एक सूचना प्रकाशित गर्दै असोज २५ गतेदेखि ३० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung