५ जेष्ठ २०८१, शनिबार

 

शनिबार बागलुङमा थप ४७ जनामा कोरोना संक्रमण

बागलुङमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बागलुङमा कार्यरत नेपाली सेना, नेपाल पुलिस, थुनुवा, व्यवसायी र अदालतका कर्मचारी सहित थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा शनिबार अर्जुनवाण गण घोडाबाँधेका १२ जना, बाहिनी अड्डा बागलुङका १८ सैनिक, एक जना व्यवसायी, दुई जना पुलिस, एक जना थुनुवा र उच्च अदालत पोखरा बागलुङ इजलासका दुई जना कर्मचारी सहित ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यस्तै आजै बागलुङ नगरपालिकाका ७ जना, जैमिनी नगरपालिकाका ३ जना र ताराखोला गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै शनिबार मात्रै संक्रमितकाे संख्या ४७ पुगेकाे छ ।

संक्रमितहरुलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ ।

याे हेर्नुहाेस् :

बागलुङमा थप ११ जनामा कोरोना भाइरसकाे संक्रमण

प्रतिक्रिया दिनुहोस्