५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा थप ११ जनामा कोरोना भाइरसकाे संक्रमण

बागलुङमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर शनिबार बागलुङ नगरपालिकाका ७ जना, जैमिनी नगरपालिकाका ३ जना र ताराखोला गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्याय बागलुङले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–९ का २३ र ३० वर्षीय दुई पुरुष, वडा नम्बर १० का ४३ वर्षीय पुरुष, वडा नम्बर १ का ३८ वर्षीय पुरुष र ३५ वर्षीय महिला, वडा नम्बर ५ का ५५ वर्षीय पुरुष र बानपा–७ का ४५ वर्षीय महिला रहेका छन् । यस्तै, जैमिनी नगरपालिका–१० का ४२ वर्षीय पुरुष, वडा नम्बर ७ का ३० वर्षीय पुरुष, वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र ताराखोला गाउँपालिका–३ का ३३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्