५ जेष्ठ २०८१, शनिबार

 

२४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २ हजार २८३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८ सय ८८, ललितपुरका २ सय ७७ र भक्तपुरका १ सय १८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ । देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्