१४ कार्तिक २०८३, शुक्रबार

 

सिडिओसहितको टोलीद्वारा बागलुङ बजार अनुगमन

कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बागलुङ बजार अनुगमन गरेका छन् ।

सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँडडुल गर्नेको संख्या बढेको भन्दै सोमबार प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकाय, स्वास्थ्यका कर्मचारी, उद्योग वाण्ज्यि संघसहितको टोलीले बजार अनुगमन गरेको हो ।

बजार अनुगनका क्रममा बजारबासी तथा सर्वसाधारणहरुले कोभिड –१९ को जोखिमबाट बच्नका लागि प्रयोग गरिने सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।

‘बजारमा हिँडडुल गर्दा मास्क नलगाएको भन्ने गुनासो आएपछि हामीले बजार अनुगन ग¥यौं,’ प्रमुख जिल्ला अधिकारी न्यौपाने भने, ‘केही व्यक्तिहरुले बजारमा हिँडडुल गर्दा मास्क प्रयोग नगरेको पाएपछि हामीले मास्क वितरण गरेका छौं ।’
केहीदिन यता बागलुङ बजारमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँड्नेको संख्या वृद्धि भएको थियो ।

‘सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँड्ने व्यक्तिहरुलाई रोगका विषयमा सम्झाएका छौं, न्यौपानेले नयाँ विश्वसँग भने, ‘आज कोरोना सम्बन्धी भएपनि भोलिदेखि चाडपर्वलाई लक्षित गरी पसलहरु अनुगमनको कामलाई निरन्तरता दिन्छौं ।’

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung