२ जेष्ठ २०८२, शुक्रबार

 

युनियन लाइफद्वारा मृत्युदाबी भुक्तानी

युनियन लाइफ इन्स्योरेन्स कम्पनी पर्वत शाखाले जलजला गाउँपालिकाका एक बिमित परिवारलाई मृत्युदाबी भुत्तानी दिएको छ । २७ बर्षको उमेरमा मृत्यु भएका मल्लाजका बिष्णु पौडेलको परिवारलाई १० लाख ९० हजार रुपैयाँ कम्पनीले भुत्तानी दिएको हो ।

पौडेलको श्रीमती शर्मिला लामिछाने र पिता हेमनाथ पौडेललाई कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले मृत्युदाबी वापतको चेक हस्तान्तरण गरेका छन् ।

मृत्युदावी भुक्तानीलाई कम्पनीले कोरोना कहरका कारण तत्कालै दिन नसकेको प्रदेश ४ का उपप्रमुख बलराम गौतमले बताए । यूनियन लाइफ इन्स्योरेन्स कुस्मा शाखाका प्रमुख बलराम शर्मााको अध्यक्षतामा रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung