३ जेष्ठ २०८२, शनिबार

 

प्रभु लाइफको वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सकिएको छ । साधारणसभाले कम्पनीका अध्यक्ष आत्मराम घिमिरेबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरणसमेत पारित गरेको छ ।

साधारणसभामा सञ्चालक सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल र प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल सहभागी थिए । २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २८ देखि बिमा व्यवसाय कारोबार सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung